गरिमा विकास बैंकका ग्राहकलाई द एभरेष्ट होटलमा १५ % सम्म छुट

२५ भाद्र २०७८, शुक्रबार १६:१०

२५ भदौँ, काठमाडौं । गरिमा विकास बैंकका ग्रहकले नयाँबानेश्वरमा रहेको ‘द एभरेष्ट होटल’ १५%सम्मको छुट पाउने भएका छन् । काठमाडौंको नयाँबानेश्वरमा रहेको ५ तारे होटलमा उपलब्ध हुने सेवामा उक्त छुट पाउने भएका हुन् ।

होटलमा उपलब्ध विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको बैंकले जनाएको छ ।

सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशतसम्म छुट पाउनसक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds