अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे

३१ श्रावण २०७८, आईतवार १५:०६

३१ साउन, काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवान राजधानी काबुलमा प्रवेश गरेसंगै राष्ट्रपति घानीले देश छाडेका हुन् ।

तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै अलजजिरिाले उल्लेख गरेको छ ।तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।

अफगानिस्तानको काबुलमा तालिवान पसिसकेका छन् । उनीहरुले सरकारी सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् । काबुल बाहिर जान चाहनेलाई जान दिइने समेत भनेका छन् ।

अफगानिस्तानमा तालिवानको कब्जा निश्चित भएपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रयास भइरहेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *