मिर्मिरे लघुवित्तले २० % लाभांश प्रस्ताव गर्‍यो

३१ श्रावण २०७८, आईतवार १५:३९

३१ साउन, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको चुक्ता पुँजी ४३ करोड ५० लाख रुपैयाँ छ। यसको ८ करोड ७० लाख रुपैयाँ कम्पनीले बोनस सेयर दिने छ। उक्त बोनस शेयर वितरण गर्ने निर्णय साउन ३० गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा मर्जर तथा प्राप्ती कार्य सम्पन्न गरेकाले बोनस शेयर वितरणमा कर नलाग्ने भएकाले नगद लाभांश भने प्रस्ताव गरेको छैन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *