सनराइज बैंकले ल्यायो भाद्र महिनामा नारीहरुलाई छुटै छुट
बैंकिङ
BusinessSarokar
|
५ माघ २०८२, आइतबार
३ भदौ, काडमाडौं । सनराइज बैंकले तिजको अवसरपारी नारी विशेष योजना ल्याएको छ । यस योजना अन्र्तगत आफ्ना ग्राहकहरुको लागि भाद्र महिनाभरि विभिन्न सेवाहरु निशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ ।
बैकले भदौ महिनाभरि नारी बचत खाता खोल्ने महिलालाई आकर्षक ब्याज र पहिलो बर्षको लागि डिम्याट, मेरो शेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा निःशुल्क दिने बैेंकले जनाएको छ ।
साथै, भदौ महिना भरी अनलाइन खाता खोल्ने नारीहरुलाई पहिलो कारोबार गर्दा २५ प्रतिशत वा ३ सय रुपैयांसम्मकोे छुट समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
साथै सन्राइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलार्ई भाद्र महिनाभरि कर्जा लिँदा प्रशासनिक शुल्कमा ०.२५ प्रतिशतसम्मकोे छुट दिने समेत बैंकले जनाएको छ ।
सम्बन्धित खबर
कामना सेवा विकास बैंकको १५ ओेैैं वार्षिक उत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको स्मार्टफोन खरिद गर्न सक्ने
राष्ट्रिय वाणिज्यले ल्यायो जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सकिने योजना
