Banking Khabar
Heading1

विशाल बजार कम्पनी लगायतका २५ संस्थाका पदाधिकारीलाई कारबाही गर्न महालेखाको सिफारिस

August 22, 2021
सेयर:

भदौ ६, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले विशाल बजार कम्पनी, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी लगायतका २५ संस्थाका पदाधिकारीलाई कानून बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष समाप्त भएको पनि धेरै समय भईसक्दा पनि समयमा नै लेखा परीक्षण नगराउने संस्थाका जिम्मेवार पदाधिकारलाई कारबाहिको माग गरेको हो । लेखा परीक्षण नगराउने संस्थाहरु विशाल बजार कम्पनी, राष्ट्रिय बिमा संस्थान लगायत २५ रहेका छन् ।

लेखा परीक्षण नगराउने प्रमुख कम्पनी र संस्थानमा तत्काल खाद्य संस्थान हालको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २०७६/७७ समेत गरी दुई वर्षको लेखा परीक्षण गराउन वाँकी छ। विशाल बजार कम्पनी लिमिटेडले चार आर्थिक वर्षको, राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले विगत आठ वर्षदेखि लेखा परीक्षण गराएका छैनन्।

समयमा लेखा परीक्षण नगराउने कम्पनीलाई कारबाही गर्न महालेखाको सिफारिस छ। “समयमा नै लेखा परीक्षण नगराउने संस्थाका जिम्मेवार पदाधिकारलाई कानुन बमोजिम कारबाही गर्नु पर्छ” महालेखाको ५८ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ।

कार्यालयले राष्ट्रपति समय पेश गरेकोे ५८ औं वार्षिक प्रतिवेदन २०७८ मा ४९ वटा संस्थाको बक्यौता समेत ६८ आर्थिक वर्षको लेखापरीक्षण गर्नुपर्नेमा ४० संस्थाको ५६ आर्थिक वर्षको सम्पन्न भएको देखिएको छ । सम्पन्नमध्ये सबैको अन्तिम प्रतिवेदन जारी  ९ संस्थाको १२ आर्थिक वर्षको लेखापरीक्षण बाँकी रहेको छ ।

महालेखाका अनुसार सार्वजनिक संस्थान मध्ये १३ ले मात्र २०७८ जेठ मसान्तसम्म २०७६/७७ को लेखा परीक्षण गराएका छन्। २५ संस्थानले २०७६/७७ को लेखा परीक्षण गराएका छैनन्।