इजरायल रोजगारीका लागि छानिए १६ सय जना
काठमाडौं– वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान इच्छुक श्रमिकमध्ये १६ सय जना सिफारिस गरेको छ। विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट १६ सय जना छनोट गरी दूतावासमा बुझाएको हो।
गत साउन १२ गते प्रकाशित गरिएको मागअनुसार ९ हजार ६९९ जनाले आवेदन दिएका थिए। पहिलो चरणको भाषा परीक्षमा ६ हजार ३१७ जनामध्ये २ हजार ३९ जना पास भएका थिए।
सिफारिसमा परेकालाई इजरायलले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ। इजरायल जाने श्रमिकले हप्तामा ४२ घण्टा काम गर्नुपर्ने हुन्छ।
नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुुसारेका लागि नेपाली सहायक कामदार पठाउन लागेको हो। सरकार टु सरकार ९जीटुजी०मार्फत इजरायलमा केयरगिभर, कृषि, होटल र रेस्टुरेन्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिनेछ।
सम्बन्धित खबर
‘सृजनशील महिला उद्यमी मेला-२०७९’ सुरु, स्वदेशमा उत्पादित बस्तुको उपयोग गरौः मन्त्री रेग्मी
१९ मंसिर २०८२, बिहीबार
काठमाडौंको गोकर्णेश्वरमा सानिमा बैंकको शाखा विस्तार
१९ मंसिर २०८२, बिहीबार
फेवाताल संरक्षण विवाद चुलियो: स्थानीय र राज्यबीच टकराव तीव्र
१९ मंसिर २०८२, बिहीबार
