नेपाल धितोपत्र बोर्डको सञ्चालकबाट चन्द्र ढकालको राजिनामा

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

भदौ ९, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एबं नेपाल धितोपत्र बोर्डको सञ्चालक चन्द्रप्रसाद ढकालले धितोपत्र बोर्डको सञ्चालकबाट राजीनामा दिएका छन् ।लामो समयदेखि सर्बोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा तानिएपछि उनले नैतिकताको आधारमा राजिनामा पेश गरेका हुन् ।

भदौ ४ गते बसेको अर्थ समितिको बैठकले सर्वोत्तम सिमेन्टको खरिद प्रकरणमा नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष, भिष्मराज ढुङ्गाना र नेपाल स्टक एक्सचेञ्‍जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साँउदलाई कारबाहिको सिफारिस गरेको थियो ।

बरिष्ठ उपाध्यक्ष रहेका ढकालको ठाउँमा महासंघले अर्कै सदस्यलाई मनोनित गरेर पठाउने छ। ढकालले महासंघ अध्यक्ष शेखर गोल्छालाई आफ्नो ठाउँमा अरु सदस्यलाई पठाउन भनेका छन्।

ढकालको परिवारका केही सदस्यको नाममा सर्बोत्तमको प्रमोटर सेयर छ। कम्पनीको सेयर धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले छोरीको नाममा खरीद गरेको खुलेपछि बिबादित बनेको थियो।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp