Banking Khabar
अर्थतन्त्र

नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबिच सम्झौता

August 27, 2021
सेयर:

११ भदौ, काठमाडौँ । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबिच सम्झौता भएको छ । हायर पर्चेज कर्जामा सहकार्य गर्ने बिषयमा उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदी ट्रेडिङ प्रा.लीका बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुप मनि ढकालले हस्ताक्षर गरेका छन ।

बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, १२२ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।