आईएमई पे एपबाट क्यूआर स्क्यान गर्दा १ हजार रुपैयाँ जित्न सकिने
काठमाडौँ- ‘एप एक क्यूआर अनेक ’ भन्ने मूल नाराका साथ अब आईएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्दा एक हजार रुपैयाँसम्म जित्न सकिनेछ । यो योजना १६ भदौ देखि १४ असोज सम्म लागू हुने आईएमईले जनाएको छ ।
नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आईएमई पे क्यूआर सेवाग्राहीहरुले सजिलै आईएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । सबै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आईएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो ।
नेपालमा क्यूआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गएको भन्दै आईएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने जनाइएको छ । ‘आइएमई पे ’ आइएमई डिजिटल सोलुशन लिमिटेडद्वारा प्रवर्द्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झण्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आईएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।
सम्बन्धित खबर
सनराइज बैंकको नयाँ योजना ‘सनराइज पेरोल लोन’ : १५ लाखसम्म बिनाधितो कर्जा पाइने
१९ मंसिर २०८२, बिहीबार
सीजीले सार्वजनिक गर्यो सीजी स्मार्ट होम स्कीमको पहिलो लक्की ड्र बिजेता
१९ मंसिर २०८२, बिहीबार
पद्मकन्यामा मतदान जारी, नेविसंघलाई बिरासत जोगाउने चुनौती
१९ मंसिर २०८२, बिहीबार
