पुँजीबजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह

Heading3 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं- सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले चासो व्यक्त गरेका छन्।

नेपाल राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजीबजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन्।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजीबजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ। उनले समम्या रहेको ठाउँमा तत्काल सुधार गरेर पुँजीबजारको समस्या समाधान गर्न गभर्नर अधिकारीलाई आग्रह गरेका थिए।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाएर परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp