हुन्डाई फेस्टिभ डिलाइट २०७७ का विजेतालाई साँचो हस्तान्त्रण

Heading3 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं– हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्षको चाडपर्व स्किमका विजेतालाई गाडीको साँचो हस्तान्तरण गरेको छ।

‘यसपालिको दशैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनामा सहभागी ग्राहकहरुमध्येबाट ग्राण्ड आई १० नियोस म्याग्ना विजेता (कुपन नम्बर १४४५) श्यामप्रसाद पौडेल र हुन्डाई अउरा (एस) विजेता चेतनारायण सापकोटा (कुपन नम्बर १६१७) लाई गाडीको साँचो हस्तान्त्रण गरेको हो।

साउन ११ (जुलाई २६) गते हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रशारणमार्फत् उक्त लक्की ड्र प्रणालीबाट विजेता छनोट गरिएको थियो। कोभिड–१९ को दोस्रो लहरको कारण सम्पूर्ण जनजीवन नै अस्तव्यस्त भएकोले गत वर्षको लक्की ड्र केही ढिलागरि कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp