चाडबाड लक्षित सहुलियत पसल असोज १ देखि सञ्चालनमा आउने

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडाैं – दशैं, तिहार र छठ पर्वलक्षित गरेर सरकारले सहुलियत पसल असोज १ देखि सञ्चालनमा ल्याउने भएको छ।

मंगलबार वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो। सहुलियत पसल ३९ स्थानमा सञ्चालनमा आउने मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।

विज्ञप्ती अनुसार ग्राहकले चामल मोटा/मसिनो प्रतिकेजी ५, सिमी, फापर १० रूपैयाँ छुट पाउने छन्। त्यस्तै, नुन प्रति प्याकेट २, चिनी प्रतिकेजी ५, खसीबोका प्रतिकेजी १० साथै दूग्ध विकास संस्थानबाट बिक्री हुने दूध, पनिर, घ्यु लगायतका दूधजन्य सामग्रीमा पनि छुट दिइने छ।

खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले निर्देशन दिएको छ।

बैठकले चाडबाडको समयमा खरिद, बिक्री र उपभोग बढ्ने भएकाले उपभोग्य वस्तुको मूल्य, गुणस्तर र तौल लगायतको विषयमा कार्ययोजना बनाई संयुक्त अनुगमन गर्ने निर्णय गरेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp