एनएमबि बैंकको तीज लक्षित अफर

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

एनएमबि बैंकले तीज सप्ताहको अवसर पारेर अफर सार्वजनिक गरेको छ। ग्राहकहरुले क्यु आर कोड, पोस वा इ एनएमबि एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा ३ सय रुपैयाँ सम्म क्यास ब्याकको अफर सार्वजनिक गरेको हो।

तीज नेपाली समुदायमा आफन्तजनसँग भेटघाट गरेर, दर खादै र नाँचगान गरेर मनाइन्छ। तीजको बेला सार्वजनिक स्थानमा व्यक्ति व्यक्तिबीच सम्पर्कमा रहँदा कोरोना संक्रमण हुने प्रवल सम्भावना हुने भएकोले यस परिवेशलाई मध्यनजर गदै बैंकले आकर्षक अफरहरु ग्राहकमाझ प्रस्तुत गरेको हो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp