प्रचण्डलाई भेट्दै एमसीसी उपाध्यक्ष फातिमाले भनिन्, ‘दबाब दिन आएका होइनौं’
काठमाडौं- अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारको टोलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको छ ।
आज (शुक्रबार) बिहान सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।
प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गरेकी छिन् । प्रचण्डसँगको भेटमा फातिमाले आफूहरु दवाव दिन आएको बताएकी छिन् । हिजो नेपाल आएकी उनले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता शुरु गरेकी थिइन् भने नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेकी थिइन् ।
उनले हिजै जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेकी थिइन् । उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्दै छिन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासहितलाई पनि भेट्ने कार्यक्रम छ ।
सम्बन्धित खबर
स्वदेशी उद्योगलाई प्रोत्साहन हुने नीतिगत व्यवस्था परिवर्तन हुँदैन– अर्थमन्त्री शर्मा
१९ मंसिर २०८२, बिहीबार
खराब कर्जा बढेपछि बैंकहरुको नाफामा सामान्य मात्रै सुधार
१९ मंसिर २०८२, बिहीबार
प्रभु हेलिकप्टरले आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
१९ मंसिर २०८२, बिहीबार
