जटिल मोडमा एमसीसी : अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने
समचार
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं – नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरुलाई भेटघाट गरिसकेकी छन् ।
नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे निर्णय गरे पनि अमेरिकालाई स्वीकार्य हुने सन्देश दिएकी छन् । एमसीसी परियोजनाको विषय धेरै समय नेपालमा गिजोलिएकाले ढिलाइ हुनुको कारणबारे बुझ्न उनी नेपाल आएकी हुन् ।
उनले नेपालले एमसीसीमा निर्णय गर्ने भए संसदबाट छिटो अनुमोदन गर्न राजनीतिक दलका नेताहरुलाई भनेकी छन् । अमेरिकाले नेपालले अस्वीकार गरे पनि कुनै आपत्ति नहुने बताइसकेको छ । नेपालले अस्वीकार गरेको अवस्थामा सो बराबरको रकम अर्कै देशलाई अनुदान दिने पनि स्पष्ट पारिसकेको छ । राजधानी दैनिकबाट
सम्बन्धित खबर
चितवनका ५० हजारभन्दा बढी परिवार बाढी पहिरोको जोखिममा
१९ मंसिर २०८२, बिहीबार
कक्षा १२ को परीक्षा भौतिक रुपमा छिटोभन्दा छिटो गर्न संसदीय समितिको निर्देशन
१९ मंसिर २०८२, बिहीबारनबिल बैंकले ल्यायो “नयाँ लुगा” नामको संवेश्ँमूलक दशैं भिडियो
१९ मंसिर २०८२, बिहीबार
