व्यक्तिका नाममा फेवातालको २५ सय रोपनी
काठमाडौं- पटक पटक समाचार आउँछ फेवातालको पानीमुनिको जमिन व्यक्तिका नाममा । तर, व्यक्तिका नाममा बनेको जग्गाधनी पुर्जा खारेज भएर फेवाताल वा सरकारका नाममा आएको छैन । यहाँ दुई प्रश्न उब्जिन्छ एक, पानीमुनिको जमिन व्यत्तिलका नाममा कसरी दर्ता भयो ? दुई, त्यो दर्ता खारेज किन भएन ?
पहिलो दोस्रो प्रश्नको उत्तर खोजौं । तालको क्षेत्रफलभित्र पर्ने जमिनको दर्ता खारेज गर्न सरकारबाटै निर्णय भएको छ । तर, मालपोत कार्यालय कास्कीले कार्यान्वयन नगरेको फेवातलको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले पत्तो लगाएको छ ।
मितिले फेवाको १५ सय रोपनी जमिन तालको नाममा ल्याउनुपर्ने निष्मर्ष निकालेको छ ।
यससम्बन्धी प्रतिवेदन सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने संयोजक पुण्य पौडेलले बताए । उसले यसअघि तालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी यकिन गरेको थियो । त्यसमध्ये ८ हजार ७ सय रोपनी पानीले ढाकिएको र २५ सय रोपनी व्यक्तिका नाममा गएको संयोजक पौडेलको भनाई छ ।
प्रधानमन्त्री देउवाले प्रतिवेदन बुझेपछि व्यक्तिमा पुगेको जमिन तालकै नाममा ल्याउनुपर्ने काम सरकारको हुने पौडेलले बताए । त्यस क्रममा सरकारले चाहे क्षत्रिपूर्ति वा मुआब्जा दिन सक्ने प्रतिवेदनमा उल्लेख छ । ती जमिनको दर्ता भने मालपोत ऐन २०३४ अनुसार भएको पाइएको पौडेलले खुलाए । अन्नपूर्ण पोष्ट दैनिकबाट
सम्बन्धित खबर
इसेवाको चाडपर्व लक्षित अफरः बम्पर उपहारमा स्कुटर जित्न सकिने
१९ मंसिर २०८२, बिहीबार
सरकारले तोकेभन्दा ९८ प्रतिशत बढी शुल्क लिंदै मेनपावर
१९ मंसिर २०८२, बिहीबार
चार्जिङ स्टेसन निर्माणका लागि राष्ट्र बैंकले सहुलियत ब्याजदरमा कर्जा दिने
१९ मंसिर २०८२, बिहीबार
