अमेरिकाले टाउकाेकाे मूल्य ५० लाख डलर ताेकेकाे कुख्यात लागुऔषध तस्कर पक्राउ
काठमाडौँ – कोलम्बियाको सबैभन्दा कुख्यात लागुऔषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका नाइके पक्राउ परेका छन् ।
ओटोनियल भनिने ५० वर्षीय डेरो एन्टोनियो उसुगालाई हिजो सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको हो ।
कोलम्बियाले उनीबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो ।
कोलम्बियाका राष्ट्रपति इभान ड्युकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गिरफ्तारीबारे बोल्दै यो शताब्दीमा लागुऔषध तस्करीविरुद्ध यो सबैभन्दा ठूलो सफलता भएको बताउनु भएको छ।
ओटोनियलमाथि अमेरिकामा कोकिन पठाएको, प्रहरी अधिकृतहरूको हत्या गरेको र बालबालिकालाई आपराधिक क्रियाकलापमा संलग्न गराएको जस्ता आरोपमा मुद्दा चलाइने बीबीसीले जनाएको छ।
गएका केही वर्षदेखि ओटोनियललाई पक्राउ गर्नका लागि हजारौँ प्रहरी संलग्न अभियानहरू भए पनि ती सफल भएका थिएनन्।
ओटोनियल पानामाको सिमाना नजिकै उत्तर-पश्चिमी कोलम्बियाको ग्रामीण क्षेत्रबाट पक्राउ परेका हुन्।
सम्बन्धित खबर
कामना सेवा बैंकद्वारा श्री जनशक्ति प्राथमिक विद्यालय मा सुईटर तथा मोजा वितरण
१९ मंसिर २०८२, बिहीबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
१९ मंसिर २०८२, बिहीबार
रश्मिलाज् फेसियल हाउसले ल्यायो दशै तिहार अफर , ५० % सम्म छुटको
१९ मंसिर २०८२, बिहीबार
