नवील ब्यालेन्सड् फण्ड–३ को इकाईमा तीन दिनमै मागभन्दा बढी आवेदन

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

२८ भदौँ, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “नवील ब्यालेन्सड् फण्ड–३ को माग भन्दा बढीको आवेदन परेको छ ।

कम्पनीले विक्रीमा ल्याएको इकाइमा सर्वसाधारण १ लाख ४ हजार ७७९ जना ९प्रमाणित हुन बाँकी समेत गरी० आवेदकहरुबाट १२ करोड ६२ लाख ५५ हजार ४० इकाई खरीदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन भन्दा २५ प्रतिशतले बढी आवेदन परेको नविल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ।

उक्त फण्डको प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई मध्ये न्यूनतम एकक करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १४ प्रतिशत इकाई कोष प्रवद्र्धक नवील बैंक लिमिटेड र १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ लाख ५० हजार इकाईमा सार्वजनिक निष्काशन गरिएको हो ।

यो योजनाको बिक्री बन्द भने भोलि मात्र हुने भएकाले माथि उल्लेख गरिएको आवेदन संख्या अझ बढ्ने देखिएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp