सेयर उच्च अंकले घट्यो नेप्से, करिब ३ अर्बको कारोबार

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं- दशैं बिदापछिको पहिलो दिन दोहोरो अंकले बढेको सेयरबजारमा आज उच्च अंकको गिरावट आएको छ। सोमबार पुँजीबजार मापक परिसूचक (नेप्से) ६९.५१ अंकले घटेर २५८७.४५ विन्दुमा ‌ओर्लिएको छ। आइतबार नेप्से १७.५९ अंकले बढेको थियो।

नेप्से परिसूचक घटे पनि कारोबार रकम बढेको छ। आइतबार एक अर्ब ४९ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको सेयरबजारमा आज दुई अर्ब ९६ करोड ६८ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

कूल २१८ वटा कम्पनीका ८७ लाख ७६ हजार ३३७ कित्ता सेयर ४० हजार ४०१ पटक खरिद-बिक्री भएका छन्।

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.४३ अंकले घटेर ४८४.९३ विन्दुमा ओर्लिएको छ।

कारोबार भएकामध्ये १८२ वटा कम्पनीको सेयरमूल्य नकारात्मक बनेको ५छ। आज महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता १.९९ प्रतिशतका दरले कमाएका छन्। घलेम्दी हाइड्रो लिमिटेडको मूल्य १० प्रतिशतले घट्दा नकारात्मक सर्किट लागेको थियो।

आज नबिल बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै नौ करोड ८९ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा ग्लोबल आईएमई समुन्नत स्किम-१ सबैभन्दा धेरै १२ लाख ७२ हजार ५९४ एकाइ र नेपाल बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै एक हजार २२१ पटक किनबेच भएका थिए।

आज व्यापारबाहेक सबै उपसमूहको परिसूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp