दसैंका लागि नयाँ नोट असोज ४ देखि

Heading1 BusinessSarokar | ५ माघ २०८२, आइतबार

काठमाडौं– नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि दसैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ। यो वर्ष देशका सबै वाणिज्य बैंकका शाखामार्फत नोट वितरण मुद्रा व्यवस्थापन विभागले जनाएको छ।

धिकांश  बैंकहरुले नयाँ नोट लगिसकेको विभागले बताएको छ। विकास बैंक तथा फाइनान्स कम्पनीले समेत नयाँ नोट लगिसकेका छन्।

यसअघि केन्द्रीय बैंकले घटस्थापनापछि मात्र नयाँ नोट उपलब्ध गराउने गर्थ्यो। कोरोना महामारीबीच भीडभाड नहोस् भन्ने उद्देश्यले सबै वित्तीय संस्थामार्फत नयाँ नोट उपलब्ध गराइएको हो।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण नयाँ नोट वितरण गरेको थिएन। यो वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुने जनाइएको छ।

विगतमा सुकिलो नोट पनि वितरण गरेकोमा यो वर्ष नयाँ नोट नयाँ नै वितरण गरेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp