साधना लघुवित्तको २६.३१ प्रतिशत लाभांश, बुकक्लोज कात्तिक ३ देखि
Heading3
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
काठमाडौं– साधना लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत लाभांश दिने भएको छ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न साधारणसभा समेत डाकेको छ।
लघुवित्तको साधारण सभा आगामी कात्तिक १३ गते गोरखामा हुँदै छ। सभाले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ । साथै सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन गर्ने सम्बन्धित कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गर्नेछ। सभाले संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ४ सञ्चालकसमेत चयन गर्नेछ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुकक्लोज गर्ने भएको छ।
