नबिल बैंकले ल्यायो दसैँ विशेष आकर्षक अफर
३१ भदौँ, काठमाडौं । गत वर्षको अपार सफलता पछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले असोज १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको हो ।
यस योजना अन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९.२६ प्रतिशत ब्याजदर ९०.५ प्रतिशत प्रिमियम थप सहित० प्रदान गरिनेछ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने यस बैंकको उद्येश्य रहेको छ ।
आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ ।
एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वर्ष बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिवृद्घि गर्न उच्चसेवा वितरणको लागी लक्षित छ ।
सम्बन्धित खबर
सिद्धार्थ बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण
१९ मंसिर २०८२, बिहीबार
कामना सेवा विकास बैंकको ‘केए डिजी’ सञ्चालनमा, यस्ता छन् विषेशता
१९ मंसिर २०८२, बिहीबार
सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औं शाखा हाकिम चोकमा
१९ मंसिर २०८२, बिहीबार
