Banking Khabar
Heading3

बिकास हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, विक्री प्रबन्धक तोक्यो

September 16, 2021
सेयर:

३१ भदौँ, काठमाडौं । विकास हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार को ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रकम बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । ४.५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ