यी हुन संविधान दिवसको अवसरमा राष्ट्रपतिद्धारा विभूषित हुने बैंकिङ उद्यमी र बैंकरहरु

Heading2 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संविधान दिवसको अबसरमा बैंकवित्तका विभिन्न व्यक्तिहरु विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका अन्य व्यक्तिलाई पनि मान पदवी तथा पदकद्धारा विभूषित गरिने भएको छ । गृहमन्त्रालयको सिफारिस अनुसार विभिन्न पदकहरु घोषणा गरिएको हो । जस अनुसार पहिलो श्रेणीको नेपाल रत्नद्धारा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्राईलाई मरोणोपरान्त सम्मान प्रदान गरिने भएको छ भने दोस्रो तहको राष्ट्र गौरव मन्त्रीपरिषद्का पूर्व अध्यक्ष सुवर्ण शमशेर राणा मरोणेपरान्त र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने भएको छ ।

यसैगरी बरिष्ठ बैंकिङ उद्यमी तथा व्यवसायी देवीप्रकाश भट्टचन, अर्का उद्यमी उपेन्द्र महतो मिडिया उद्यमी कैलाश शिरोरिया, चेम्बर अफ कमर्शका सुरेन्द्रविर मालाकार, कैलाशचन्द्र गोयल र रामेश्वर थापाले ७ औ तहको सुर्कीर्तिमय राष्ट्रदिप सम्मान पाउने भएका छन् ।

सुप्रवल जनश्रेवाश्री पाउनेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा तथा उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवाल, व्यवसायीहरु राजेन्द्र खेतान, शिवरतन शारडा, साहिल अग्रवाल, विनोद ज्ञवाली पत्रकार कृष्णज्वाला देवकोटा, सञ्जयकुमार खेतान,मोतिलाल दुगड,बिष्णुप्रसाद न्यौपाने,राजु ढकाल तथा गोकुल भण्डारी, गोविन्द गोयन्का र नारायण अग्रवाल, अम्बिकाप्रसाद पौडेल छन् । जनसेवाश्री पाउनेमा बैंकरहरु उपेन्द्र पौडेल, रविना देशराज श्रेष्ठ, बीमा कम्पनीका सीइओहरु दिप पाण्डे र सुनिलबल्लव पन्त, तथा व्यबसायी सौरभ दुगड र देवकिशोर मुन्दडा छन् ।

बैंक तथा वित्तीय क्षेत्रमा देवीप्रकाश भट्चन प्रभु ग्रुपका अध्यक्ष हुन् । त्यसैगरी राजेन्द्र खेतान लक्ष्मी बैंक सहित अन्य बैंकवित्तमा बर्चस्व राख्छन् । उपेन्द्र पौड्याल नविल बैंकका अध्यक्ष हुन् । रविना देशराज मेगा बैंकमा डेपुटी सिइओ हुन् । दिप पाण्डे शिखर इन्स्योरेन्सका सिइओ हुन् भने शुनीलवल्लव पन्त एनएलजी इन्स्योरेन्सका सिइओ हुन् ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp