कुमारी बैंकको संस्थापक शेयर विक्रीमा
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
५ असोज, काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापकहरुको नाममा रहेको केहि संस्थापक शेयर बिक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।
बैंकका संस्थापक शेयरधनीहरूको नाममा रहेको १३ हजार ८७४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर म्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।
सम्बन्धित खबर
जागिरको खोजीमा हुनुन्छ ? सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी
१९ मंसिर २०८२, बिहीबार
नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै, पैसा दोब्बर हुन लाग्ने समय अवधि घट्यो
१९ मंसिर २०८२, बिहीबार
सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा छुट पाउने
१९ मंसिर २०८२, बिहीबार
