सानिमा बैंकले ल्यायो दशैं धमाका योजना, दराजबाट सामान खरिद गर्दा विशेष छुट
१०असोज, काठमाडौं । सानिमा बैंकले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।
बैंकको यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी इएकआई सुविधा पनि प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई“First come first serve” को आधारमा छुट प्रदान गरिने छ । यो योजना यही आश्विन १० गतेदेखि आश्विन १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ ।
सम्बन्धित खबर
नबिल बैंकलाई दोस्रोपटक लिडिङ पार्टनर बैंक अवार्ड
१९ मंसिर २०८२, बिहीबार
निफ्राले किन्यो नेपाल वेयरहाउजिङ कम्पनीको पाँच लाख कित्ता शेयर
१९ मंसिर २०८२, बिहीबार
सनराइज बैंकले माग्यो कर्मचारी (सुचनासहित
१९ मंसिर २०८२, बिहीबार
