रेनो गाडी खरिदमा तीन लाखसम्म छुट

Heading3 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

नेपालका लागि रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले  ‘रेनो शुभ कार –रम्भ’ को  शुरुवात गरेको छ।

योजना अन्तर्गत रेनो गाडी खरिदमा ग्राहकहरुले तीन लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन्।

उक्त योजनाअन्तर्गत ग्राहकहरुले सजिलो फाइनान्स, एक वर्षको निः शुल्क सडक कर, दुई वर्षका लागि निःशुल्क सर्भिसिङ र पाँच वर्षसम्म वारेन्टी लगायत सेवाबाट लाभान्वित हुनेछन्। यी सुविधा रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध हुने कम्पनीले बताएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp