कुमारी बैंकका ग्राहकहरुलाई दराजबाट समान खरिद गर्दा २५ सयसम्मको छुट
११ असोज, काठमाडौं । नेपालीहरुको महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रबर्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा यहि असोज १० गते देखी असोज १८ गते सम्म सामानहरुको खरिदमा अग्रीम छुट प्राप्त गर्नेछन् ।
सो सम्झौता अनुरूप डेबिट कार्डको प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत अथवा २ हजार सम्मको र क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत अथवा २५ सयसम्मको छुट पाउनेछन् ।
सो सहमति पश्चात् कुमारी बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरुले दराज अनलाईन शपिङ्ग मार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन । यस अनिश्चितताका बीच बैंकले आफ्ना ग्राहकहरुलाई सरसामान खरिद लगायत अन्य गतिविधिहरुका लागी डिजिटल बैंकिंग प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको छ ।
सम्बन्धित खबर
कानूनी उल्झनको बहानामा विकास नरोक्न मुख्यमन्त्रीको जोड
१९ मंसिर २०८२, बिहीबार
विश्व अर्थतन्त्रमा संकटको संकेत, वृद्धि ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण
१९ मंसिर २०८२, बिहीबार
एक रुपैयाँको नयाँ सिक्का ल्याउँदै राष्ट्र बैंक, के-के छन् विशेषता ?
१९ मंसिर २०८२, बिहीबार
