नेपाल बैङ्कको ६२ औँ वार्षिक साधारण सभा पुष २ गते
वाणिज्य बैक
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
नेपाल बैङ्कले पुस २ गतेका लागि साधारण सभा बोलाएको छ। बैङ्क सञ्चालक समितिको बैठकले पुस २ गते ६२ औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो।
साधारण सभाले बैङ्कको हाल कायम चुक्ता पुँजी १२ अर्ब ६३ करोड ३७ लाख ५८ हजार रुपैयाँको १४ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरि कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने बताइएकाे छ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैङ्कले मङ्सिर २१ गते शेयर धनी दर्ता किताब (बुक क्लोज) गर्नेछ। २० गते सोमबारसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन्।
सम्बन्धित खबर
अर्थमन्त्री महतले गभर्नरलाई भने, ‘सहकार्य गरेर समस्या समाधान गरौँ’
१९ मंसिर २०८२, बिहीबार
दशैंमा वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा बोनस पाइने
१९ मंसिर २०८२, बिहीबार
वीर अस्पतालमा ८ सय ३१ कर्मचारी दरबन्दी थप (पत्र सहित)
१९ मंसिर २०८२, बिहीबार
