ट्रकले ठक्कर दिंदा प्रतिक्षालयमा गाडी कुरेर बसेका आमा–छोराको गयो ज्यान
समचार
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
रुपन्देही- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा सैनामैना–५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई छन् ।
उनीहरु आमा–छोरा भएको प्रहरीले जानकारी दिएको छ । सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
जेनजी आन्दोलनमा मालपोत अभिलेख जलेपछि श्रेस्ता कायममा झन्झट, ११ थरी कागजात माग
१९ मंसिर २०८२, बिहीबार
राष्ट्र बैंकमा नेतृत्व विस्तारको तयारी, आजै डेपुटी गभर्नर नियुक्ति हुन सक्ने संकेत!
१९ मंसिर २०८२, बिहीबार
साहस उर्जाको आईपीओ बाँडफाँट, १७ लाखभन्दा बढीको हात खाली
१९ मंसिर २०८२, बिहीबार
