कुमारी बैंकको साढे आठ प्रतिशत लाभांश घोषणा

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं– कुमारी बैंकले साढे आठ प्रतिशत  लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।

हाल १३ अर्ब ८७ करोड ८४ लाख रहेको बैंकको चुक्ता पूँजी प्रस्तावित बोनस सेयर वितरणपश्चात १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ पुग्नेछ।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp