प्रि ओपन सेसनमा करिब २ अंक घट्यो नेप्से परिसूचक

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं– मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेको छ।

नेप्से अघिल्लो कारोबार दिन सोमबार ७३.०५ अंक घटेर २६८५.४१ विन्दुमा बन्द भएको  थियो।

यस दिन सो सेसनमा १.८१ अंक घटेर २६८३.६० बिन्दुमा पुगेकोे छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१५ अंक बढेको छ।

प्रि ओपन सेसनमा १७ कम्पनीको सेयर कारोबार भएको मध्ये ४ कम्पनीको सेयरमूल्य बढेको छ भने १० कम्पनीको सेयरमूल्य घटेको छ। सो सेसनमा बाँकी ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp