स्मार्टडोकोको ‘स्मार्ट दसैं अफर’

Heading3 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं– स्मार्टडोकोले २०७८ साल दसैंको अवसरमा ‘स्मार्ट दसैं अफर’ सञ्चालन गरेको छ।

योजनाअन्तर्गत ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (७५०रुपैयाँ सम्म), साथै बैंक अफ काठमाडौंको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (१५ सय रुपैयाँसम्म) र माछापुछ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत ९२१० सम्म० क्यासब्याक पाउनेछन्।

साथै, दशैंका अवसरमा ग्राहकले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहारसमेत जित्न सक्नेछन्। स्मार्टडोकोबाट सामान खरिद गर्ने ग्राहकले दैनिक निम्नानुसारका अन्य उपहारहरु पनि जित्न सक्नेछन्।

साथै,  ग्राहकले दैनिक अपहारमा  डाइमण्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर, क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर, पोको किड्स गिफ्ट भौचर, बेबी ट्री गिफ्ट भौचर, इनर्जाइजर पावर बैंक, गोल्डस्टार जुत्तालगायत उपहारसमेत पाउनेछन्।

स्मार्टडोकोले यसस्मार्ट दशैं अफरमा ग्राहकहरुलाई इलेक्ट्रिोनिक्स, हेल्थ एण्ड ब्यूटी, एपिरियल्स, बेबी केयर र अन्य सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ। साथै ग्राहकले अधिकतम ७० प्रतिशतसम्म छुट पाउनेसमेत व्यवस्था गरिएको छ।

यो अफर असोज १४ देखि असोज २१ गतेसम्म मान्य लागु  हुने बताइएको छ।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp