बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओमा आज अन्तिम दिन कति पर्यो आवेदन ?

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

१४ असोज, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा बिहीबारसम्ममा २१ लाख बढी आवेदकले आवेदन दिएका छन्।

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार बिहीबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

पछिल्लो तथ्यांकअनुसार कम्पनीको आइपीओमा आवेदन दिने २० लाख बढी आवेदक अर्थात ९६।४७ प्रतिशत आवेदकले शेयर नपाउने भएका छन्। यसमा केहि आवेदन रद्द हुन सक्नेछ भने बैंकमार्फत आवेदन गर्नेको अझै आवेदन थप हुन सक्नेछ।

कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp