३८ क्विन्टल सुन तस्करी र सनम हत्या प्रकरणको फैसला सुनाउने तयारी
Heading1
BusinessSarokar
|
५ माघ २०८२, आइतबार
काठमाडौं- ३८ क्विन्टल सुन तस्करी र सनम हत्या प्रकरणको मोरङ जिल्ला अदालतले आज फैसला सुनाउने तयारी गरेको छ।
मुद्दाको सुनुवाइ यसअघि नै सकिसकेकाले आज फैसला सुनाउने तयारी भएको हो।
जिल्ला अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले न्यायाधीश मिसिल अध्ययनमा रहेको र सम्भवत आजै साँझसम्ममा फैसला आउनसक्ने जानकारी दिए।
न्यायाधीश भरत लम्सालको इजलासले फैसला सुनाउने अन्तिम तयारी गरेको हो। यो मुद्दामा सरकारी वकिलको कार्यालय मोरङले ७७ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो। सुन तस्करी प्रकरणबारे सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरप्रसाद पौडेलको नेतृत्वमा अनुसन्धान टोली बनाएको थियो।
