३८ क्विन्टल सुन तस्करी र सनम हत्या प्रकरणको फैसला सुनाउने तयारी
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं- ३८ क्विन्टल सुन तस्करी र सनम हत्या प्रकरणको मोरङ जिल्ला अदालतले आज फैसला सुनाउने तयारी गरेको छ।
मुद्दाको सुनुवाइ यसअघि नै सकिसकेकाले आज फैसला सुनाउने तयारी भएको हो।
जिल्ला अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले न्यायाधीश मिसिल अध्ययनमा रहेको र सम्भवत आजै साँझसम्ममा फैसला आउनसक्ने जानकारी दिए।
न्यायाधीश भरत लम्सालको इजलासले फैसला सुनाउने अन्तिम तयारी गरेको हो। यो मुद्दामा सरकारी वकिलको कार्यालय मोरङले ७७ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो। सुन तस्करी प्रकरणबारे सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरप्रसाद पौडेलको नेतृत्वमा अनुसन्धान टोली बनाएको थियो।
सम्बन्धित खबर
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बित !
१९ मंसिर २०८२, बिहीबारएमाले अब संसद पुनर्स्थापनाको पक्षमा, अदालत जाने तयारी
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गामा फेरि पहिरो, सडक खण्ड दुुईतर्फी नै बन्द
१९ मंसिर २०८२, बिहीबार
