बैंकर इच्छाराज तामाङ पक्राउ, ४४ करोड ठगीको आरोप
काठमाडौं- प्रहरीले सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले ठगी आरोपमा सोमबार काठमाडौंको सुनधाराबाट पक्राउ गरेको हो ।
तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौं उजुरी परेका प्रहरीले जनाएको छ । तिनै उजुरीको छानबिनका क्रममा तामाङलाई पक्राउ गरेर सीआइबीको टोलीले हिरासतमा लिएको हो ।
सीआइबीका अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो । तामाङले तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको हजारौं ग्राहकको निक्षेप हिनामिना र ठगी गरेको अभियोग लागेको छ ।
सीआइबी प्रमुख डीआइजी धीरजप्रताप सिंहले तामाङलाई पक्राउ गरेको पुष्टि गरेका छन् । डीआइजी सिंहले निक्षेप रकम हिनामिना र करोडौं रुपैयाँ ठगी अभियोगमा तामाङलाई पक्राउ गरी हिरासतमा राखिएको जानकारी दिएका छन् ।
सम्बन्धित खबर
जोखिममा हिमताल, पर्यटन र जलविद्युत् प्रभावित
१९ मंसिर २०८२, बिहीबार
मिटरब्याजसँग जोडेर लघुवित्तमाथि प्रहार हुन गलत – सांसद भगवती चौधरी
१९ मंसिर २०८२, बिहीबार
सुदूरपहाडी जिल्लामा भाडादर कायम थाहा पाउनुहोस् (कहाँको कति?)
१९ मंसिर २०८२, बिहीबार
