प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता

अर्थतन्त्र BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

४ असोज, काठमाडौं । प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर हस्पिटलबीच नगदरहित सेवा बारे सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य र सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्धक निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरे।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकले सिद्धार्थनगर हस्पिटलमा भर्ना भइ उपचार गर्दा नगद नभएपनि उपचार सुविधा लिन सक्नेछन्।

कम्पनीका अनुसार यसकालागि बीमालेखको सीमासम्मको नगदरहित सुविधा अस्पतालले दिनेछ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp