७ व्यवसायी र आपूर्तिकर्ता कालो सूचीमा
समचार
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं- ७ व्यवसायी फर्मलाई सरकारले कालो सूचीमा राखेको छ।
असोज १८ गतेको निर्णय अनुसार खरिद ऐन २०६३ को दफा ६३ को उपदाफा १ बमोजिम विभिन्न ७ व्यवसायी र आपूर्तिकर्ताहरुलाई १ वर्षदेखि ३ वर्षसम्म कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले एक सूचना जारी गरि जनाएको छ।
कालो सूचीमा परेका व्यवसायी र आपूर्तिकर्ताहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भागलिन नसक्ने कार्यालयले जनाएको छ।
बाँकेको विपिन भेट सेन्टर, नागार्जुनमा रहेको लेन्डरिङ निर्माण सेवालाई क्रमश एक वर्ष र दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।
त्यस्तै कक्षपति निर्माण सेवा रुपन्देहीलाई एक वर्ष कालोसूचीमा राखिएको छ।
त्यस्तै भारतीय एमएस इन्डो इन्जिनियरिङ प्रजेक्ट कर्पोरेशनलाई तीन वर्ष, रचना ट्रेड इन्टरनेसनल, धादिङ नीलकण्ठ निर्माण सेवा र चितवनको एडभेन्चर टि आनन्द जेभीलाई एक/एक वर्ष कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

सम्बन्धित खबर
सार्वजनिक हुदैँ सामसङ ग्यालेक्सी एस–२१ एफइ
१९ मंसिर २०८२, बिहीबारबैंकहरुसँग रकम अभाव भइरहँदा विलासिताका वस्तु खरिदमा भने खर्बौं बाहिरियो
१९ मंसिर २०८२, बिहीबार
हाथवे इन्भेष्टमेन्टले ५५ प्रतिशत सम्म लाभांश दिने, साढे १४ करोडको आइपीओ निष्कासन गर्दै
१९ मंसिर २०८२, बिहीबार
