काठमाडौंको गोकर्णेश्वरमा सानिमा बैंकको शाखा विस्तार

बैंकिङ BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौँ – सानिमा बैंक लिमिटेडले काठमाडौंको गोकर्णेश्वरमा बैंक कार्यालय स्थापना गरी सेवा विस्तार गरेको छ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले शाखा कार्यालयको उद्घाटन गरेका हुन्।

समुद्घाटन् समारोहमा बोल्दै मेयर सन्तोष चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई दिए। साथै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिए।

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि धन्यवाद दिए।

सानिमा बैंकको देसका सातै प्रदेशमा १०९ कार्यालय र ९७ वटा एटिएम सञ्चालनमा छन्।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp