बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार?
Heading3
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
काठमाडौं– बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ बढेको छ।
बुधबारको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो। आज छापावाला सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज तेजाबी सुन ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।
त्यसैगरी, बुधबार ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
