माछापुच्छ्रे बैंकको साधारण सभा कात्तिक २६ गते
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ।
बैंकको २३औं वार्षिक साधारण सभा पोखरा ग्राण्ड होटलमा कात्तिक २६ गते हुँदै छ। साधारणसभा भिडियो कन्फ्रेन्समार्फत हुने भएकाले सहभागी हुने सेयरधनीलाई जुम आईडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि गरिएको सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायत प्रस्ताव पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक ७ गते बुकक्लोज गर्ने भएको छ।
सम्बन्धित खबर
चैत ७ गतेदेखि शुरू हुने एसईईको सबै तयारी पूरा
१९ मंसिर २०८२, बिहीबार
न्यादी हाइड्रोपावरको आईपीओमा करिब १४ लाखको आवेदन, ८ गुणा बढी शेयर माग
१९ मंसिर २०८२, बिहीबार
