नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
Heading1
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
काठमाडौं– चालू आर्थिक वर्षमा नेपाल सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने विश्व बैंकको प्रक्षेपण छ। विश्व बैंकले नेपार सरकारको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो।
बैंकले बिहीबार सार्वजनिक गरेको ‘साउथ एशिया इकोनोमी फोकस’ प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
यो वर्ष गत आर्थिक वर्षको भन्दा १ दशमलव ८ प्रतिशतले आर्थिक विस्तार प्रतिवेदनमा उल्लेख छ। विश्व बैंकले गत वर्ष १ दशमलव ८ प्रतिशत मात्र आर्थिक वृद्धि भएको अनुमान सार्वजनिक गरेको छ।
आगामी आर्थिक वर्षमा अर्थतन्त्र ४ दशमलव ७ प्रतिशतले विस्तार हुने अनुमान पनि विश्व बैंकको छ। आर्थिक वर्ष २०७६/७७ मा कोरोना महामारीले गर्दा आर्थिक वृद्धि २ दशमलव १ प्रतिशतले ऋणात्मक भएको थियो।
कोरोना विरुद्धको खोपले व्यापकता पाएको र विस्तारै आर्थिक गतिविधि बढ्न थालेकाले चालू आर्थिक वर्षमा आर्थिक अवस्था सुधार हुने अनुमान पनि विश्व बै.कले गरेको छ। पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको र रेमिट्यान्स आप्रवाह पनि बढ्ने देखिएकाले यो लक्ष्य प्रक्षेपण गरेको इकोनोमिक फोकसमा उल्लेख छ।
सरकारले भने चालू आर्थिक वर्षको बजेटमा ७ प्रतिशत आर्थिक विस्तारको लक्ष्य लिएको छ।
