आईपीओ जारी गर्दै मुक्तिनाथ कृषि कम्पनी

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं– मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले चार करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो।

कम्पनीको आईपीओ निष्कासनका लागि मेगा क्यापिटल मार्केट्स धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ। सेयर निष्काशन सम्बन्धि सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

विस २०७५ सालमा १ अर्व अधिकृत पुँजी र ४० करोड जारी पुँजीसहित स्थापना भएको कम्पनीमा १० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

सम्झौताअनुसार यही वर्षको चैत मसान्तभित्र निष्कासनको सवै प्रक्रिया पूरा गरी जारी गर्ने कम्पनीको लक्ष्य लिएको छ। कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजीक्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि धितोपत्र निष्कासन पहिलो हुने कम्पनीले जनाएको छ।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp