Banking Khabar
अर्थतन्त्र

इसेवा र एमबैंकबीच डिजिटल भुक्तानीका लागि सम्झौता

October 8, 2021
सेयर:

२२ असोज, काठमाडौं । डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एमबैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ ।

सहकारी संस्थाहरुलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको हो। सम्झौतासँगै एमबैंकले सेवा दिइरहेका ४५० बढी सहकारीमा अबदेखि थप डिजिटल रुपमा भुक्तानी गर्न सकिनेछ।

इसेवासँगको सहकार्यसँगै अबदेखि एम बैंकमार्फत सहकारीबाट बैंकमा रकम ट्रान्स्फर, इसेवा वालेटमा रकम लोड, क्यूआर भुक्तानी, सबै किसिमको युटिलिटी पेमेन्ट, सेयर खरिदको भुक्तानी, मेरो सेयर÷डिम्याट नविकरण, राजस्व, ट्राफिक जरिवाना भुक्तानी लगायतका सेवा उपयोग गर्न पाइनेछ । हाल स्क्यान एण्ड पे सेवाको सुरूवात भइसकेको छ भने अन्य सेवा निकट भविष्यमै उपलब्ध हुनेछन् ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख २५ हजार भन्दा बढी एजेन्ट ९इसेवा जोन तथा पोइन्ट० रहेका छन् ।

सहकारी क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्राउने र सर्भिस दिनेमा ‘एम बैंक’ सबैभन्दा अगाडी छ । जुनसुकै सफ्टवयर चलाउने सहकारीले पनि ‘एम बैंक’ को सेवा सजिलै लिन सक्ने छन् १ एम बैंक नेपालमा सबैभन्दा बढि सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने कम्पनी हो । कम्पनीले हालसम्म ४ सय ५० बढि सहकारीलाई डिजिटलाइज गरिसकेको छ । कम्पनीले सहकराी क्षेत्रमा नयाँ प्रविधि भित्राउँदै सेवा दिँदै आएको छ ।