बैंक अफ काठमाण्डू र आइएमएसबीच सम्झौता

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

२१ असोज। काठमाडौं । बैंक अफ काठमाण्डू र सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आइएमएसबीच सम्झौता भएको छ ।

बैंकले आइएमएससँग सम्झौता गरी दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्व अवसरमा शून्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीका स्मार्ट फोन, स्मार्ट वाच तथा ट्याबलेटस् सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने योजना ल्याएको हो ।

पर्वको वहार, बीओकेको उपहार नारासहित ल्याइएको योजनामा बैंकका क्रेडिट कार्डवाहकले सामसुङ ब्रान्डका स्मार्ट फोन, स्मार्ट वाच र ट्याबलेटस् बैंकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दी योजनामा खरिद गर्न सक्नेछन् ।

योजनाका लागि ग्राहकले बैंकको क्रेडिट कार्ड लिन अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् । सरल किस्ताबन्दी योजनामा ग्राहकले शून्य प्रतिशत ब्याजदरकोे सुविधा, बीओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवाशुल्क नलाग्नेलगायत सुविधा पाउने सक्ने बैंकले बताएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp