अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी शोधकर्तालाई
२६ आश्विन २०७८, मंगलवार ०९:०२
काठमाडौं- अमेरिकामा रहेर प्राकृतिक प्रयोग वा अवलोकन अध्ययनको प्रयोग गरी श्रम बजारमा अनुसन्धानका लागि शोधरत अर्थशास्त्रीहरूलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ।
क्यानेडियन–अमेरिकी डेभिड कार्ड, इजरायली–अमेरिकी जोशुआ एङ्ग्रिस्ट र डच–अमेरिकन गाइडो इम्बेन्सले ‘श्रम बजारको बारेमा नयाँ अन्तरदृष्टि’ प्रदान गर्ने र ‘कारण र प्रभावबाट के निष्कर्ष निकाल्न सकिन्छ’ भनेर देखाउन गरेको अनुसन्धानवापत पुरस्कार जितेका छन्।