आईसीएफसीको १४ प्रतिशत बोनस घोषणा
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। फाइनान्सले १४ प्रतिशत बोनस घोषणा गरेको हो।
फाइनान्सले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) घोषणा गरेको हो।
फाइनान्सको सञ्चालक समितिको हालै सम्पन्न बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
