न्यादी हाइड्रोपावरको आईपीओको प्रि अलटमेन्ट आज, यसै साता बाँडफाँट हुँदै

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं– न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको सेयर यसै साताभित्रै बाँडफाँट हुने भएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले आज मंगलबार प्रि अलटमेन्ट गरी केही दिनभित्रै सेयर बाँडफाँट गर्ने जनाएको छ।

कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको थियो।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ।

कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार २३ लाख ५७ हजार १६६ आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवदेन परेको छ।

यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको १४.०९ गुणाले बढी हो। मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ।

त्यस अनुसार २ लाख ९ हजार २५० आवेदकले मात्रै गोलाप्रथाबाट न्यूनतम १० कित्ता सेयर पाउनेछन् । बाँकी २१ लाख ४८ हजार आवेदकले सेयर नपाउने देखिन्छ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp