पोखरामा बिश्वकै भिरालो सुपरम्यान जिपलाइन, गिनिज बुकमा दर्ता गर्न आवेदन

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं– ‘जिप फ्लायर’को फ्रेन्चाइज हाइग्राउण्ड एडभेन्चर प्रालिले पोखरामा बिश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यान जिपलाइन खेलको सुरुवात गरेको छ।

सन २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको सुरुवात गरेको  हाइग्राउण्डले फरक स्वाद दिन सुपरम्यान जिपलाइन सुरु गरेको बताएको छ।

समुन्द्री सतह देखि १ हजार ५ सय पचास मिटरको उचाइमा रहेको सराङ्कोटको टप स्टेसनबाट बटम स्टेशन हेम्जासम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ । यति धेरै भिरालो भएको जिपलाइन बिश्वमै अन्यत्र नभएको कम्पनीको दाबी छ। कम्पनीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा ‘बिश्वकै भिरालो जिपलाइन’का रुपमा दर्ता गर्न आवेदन दिएको कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेश महर्जनले बताए।

बिश्वकै लामो मध्येको उक्त जिपलाइनको दूरी १ हजार ८ सय पचास मिटर रहेको छ। ३५ देखि १२० किलो सम्मका ब्याक्तीले खेल्न सक्ने जिपलाइनमा १२ बर्षदेखि माथिका ब्यक्तिले खेल्न सक्ने कम्पनीको भनाइ छ।

हरेक दिन सबै उपकरणको सेफ्टी इन्सपेक्सन गरिने र हरेक महिना मर्मतको काम हुने साथै हरेक बर्ष जिप फ्लायर अमेरिकाका प्राबिधिकले सेफ्टी अडिट गर्ने महर्जन बताउँछन्।

नेपालीलाई ६ हजार पाँच सय र बिदेशीलाई ८ हजार पाँच सय रहेको सुपरम्यान जिपलाइनको फोटो भिडियो र टिसर्ट प्याकेजको अतिरिक्त १ हजार ५ सय रहेको छ।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp