विराटनगर विमानस्थल भोलिदेखि खुलाउने तयारी
काठमाडौँ – बाढीका कारण जलमग्न भएको विराटनगर विमानस्थल भोलिदेखि खुलाउने तयारी भएको छ ।
आज बेलुकासम्ममा विमानस्थल सफा गरी डुबेका सामग्री तथा उपकरणको जाँच गरेर भाेलिदेखि विमानस्थल खुलाउने तयारी गरेको विमानस्थलका प्रमुख उत्सवराज खरेलले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘भोलिदेखि विमानस्थल खुलाउन आज बेलुकासम्ममा सबै काम सक्ने गरी प्रयासमा जुटेका छौँ । सबै ठिकठाक भए भाेलि बिहानदेखि उडान अवतरण सुरु गर्छौँ।’
हिजोदेखि पानी पर्न रोकिए पछि विमानस्थलमा जमेको पानी घट्दै छ । विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गलगायतका क्षेत्रमा पानी घटे पनि टर्मिनल भवन, पार्किङ क्षेत्र तथा परिसर आसपास अझै डुबानमा रहेकाले भोलिदेखि मात्र हवाई सेवा सुरु गर्ने तयारी गरेको विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिनुभयो ।
हवाई उडान र अवतरण कहिलेदेखि नियमित गर्ने भन्नेबारे टुङ्गो नभए पनि मौसम सफा भए भोलिदेखि हवाई सेवा सुरु गर्ने विमानस्थल कार्यालयको तयारी छ । विमानस्थलमा फसेका दुई वटा विमान भने सुरक्षा जाँच पछि हिजै काठमाण्डौ फर्काइएको छ ।
स्थानीय केसलिया खोलामा आएको बाढीका कारण विमानस्थल जलमग्न भएको थियो । गएको मङ्गलवारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण बन्द छन् ।
सम्बन्धित खबर
जीवन बीमा कम्पनीको लगानी सात खर्ब ५७ अर्ब पुग्यो
१९ मंसिर २०८२, बिहीबार
सेन्ट्रल फाइनान्सले पायो भुक्तानी सेवा प्रदायकको अनुमति
१९ मंसिर २०८२, बिहीबार
विद्युत प्राधिकरण कर्मचारी संघ अध्यक्षमा पुनः जनार्दन भट्टराई निर्वाचित
१९ मंसिर २०८२, बिहीबार
